धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई परिषद्को सदस्य सचिवमा नियुक्त गरेको हो । खड्का फुटबल र हक्कीका पूर्वखेलाडी र खेल क्षेत्रमा लामो अनुभव बोकेका व्यक्ति हुन् ।
नेपाली काँग्रेस निकट खड्का खेलकुद क्षेत्रसँगै राजनीतिक क्षेत्रमा पनि सक्रिय छन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पद झण्डै तीन महिनादेखि रिक्त थियो । २०७७ चैतमा दीपकबहादुर सिंह चार वर्षका लागि नियुक्त भएका थिए। उनको कार्यकाल २०८१ चैत ९ गते सकिएको थियो
।
तपाइको प्रतिक्रिया दिनुहोस्