हवाई यातायातले जोडेको संसार - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

हवाई यातायातले जोडेको संसार

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२३
  • सुन्नुहोस् 
 
हवाई यातायातले जोडेको संसार

काठ्माण्डौं। करिब ७७ वर्षको अवधिमा नेपालको हवाई यातायात क्षेत्रमा व्यापक संस्थागत र संरचनागत विकास भएका छन् ।

नेपालजस्तो हिमाली भूगोल भएको देशमा यातायात विकासको सन्दर्भमा हवाई सेवा अत्यन्त महत्त्वपूर्ण विकल्पका रूपमा स्थापित हुँदै आएको छ । यहाँको भौगोलिक विविधता, विकटता र सडक सञ्जालको सीमितताले गर्दा, नेपालमा हवाई यातायात एक विकल्प नभई अपरिहार्य माध्यम हो । 

नेपालमा हवाई यातायातको सुरुवात दुई महत्त्वपूर्ण मितिसँग जोडिएको छ । पहिलो, २३ अप्रिल १९४७ मा तत्कालीन भारतीय राजदूत सरजित सिंह महाथिया चार सिट क्षमताबीच बोनान्जा विमानमा चढेर भारतको पटनाबाट काठमाडौंको गौचर विमानस्थलमा अवतरण गरे । यस दिनलाई नेपालमा हवाई जहाजको पांग्रा गुड्ने र पखेटा उड्ने पहिलो ऐतिहासिक क्षणको रूपमा लिइन्छ । दोस्रो महत्त्वपूर्ण मिति भनेको ३१ डिसेम्बर २०२३ हो, जुन दिन नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले स्थापना भएको २५ वर्ष पूरा गरी रजत जयन्ती मनायो ।साभार–अन्नपुर्ण


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार