सरकार बनाउनकै लागि देउवाजीलाई फकाउने पक्षमा छैनौं– प्रचण्ड - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सरकार बनाउनकै लागि देउवाजीलाई फकाउने पक्षमा छैनौं– प्रचण्ड

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२२
  • सुन्नुहोस् 
 
सरकार बनाउनकै लागि देउवाजीलाई फकाउने पक्षमा छैनौं– प्रचण्ड

काठमाडौं । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा मावबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई  फकाउने पक्षमा आफू नरहेको बताए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जनताको मनबाट ढलिसकेको बताए। ुजादु चलाउन चाहे त चल्छ। तर, अहिले चलाउने पक्षमा हामी छैनौं। अहिले देउवाजीलाई पनि फकाउने पक्षमा छैनौं। यो सरकार आफ्नै बोझले ढल्छ। जनताको मनबाट त ढलिसक्यो, उनले भने।

उनले माओवादीको ध्यान अहिले जनतामा भएको बताए। त्यसकै निम्ति मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ। ुसरकार बनाउनतिर हाम्रो ध्यान छैन। हाम्रो ध्यान जनतामा जाने छ। मध्य पहाडी लोकमार्ग अभियानमा हामी जाँदैछौं,ु उनले भने।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार