आर्थिक र सामाजिक गतिविधि बढाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्यायो : मन्त्री सिंह - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

आर्थिक र सामाजिक गतिविधि बढाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्यायो : मन्त्री सिंह

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२०
  • सुन्नुहोस् 
 
आर्थिक र सामाजिक गतिविधि बढाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्यायो : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा आर्थिक र सामाजिक गतिविधि बढाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सिंहले अर्थतन्त्रमा देखिएको समस्या लगायतलाई समाधान गर्ने गरी गम्भीर भएर सरकारले नीति तथा कार्यक्रम ल्याएको बताएका हुन्। 

राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान सरकार गठन भएको उल्लेख गर्दै सिंहले नागरिकको जीवनलाई सहज बनाउने बाटोमा सरकार रहेको जिकिर गरे। उनले धेरै सङ्घर्ष गरेर प्राप्त गरेको संविधानको भावना अनुरूप आफ्ना अधिकारको अभ्यास गर्न पाएको कुरा भुल्न नहुने बताए।  

उनले विभिन्न भाषाभाषी भएको नेपाली समाजमा सबैलाई समेटेर योगदान र मूल्य मान्यताको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार