सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छः प्रधानमन्त्री ओली - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छः प्रधानमन्त्री ओली

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१८
  • सुन्नुहोस् 
 
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव रहेको बताए ।

बिहीबार बालुवाटारबाट १३६औं श्रमीक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरू गरेको श्रम संसार पोर्टलको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएको हो ।

उहाँले श्रमीकको कल्याण, महिलाको आत्मनिर्भरता आवश्यक रहेको बताउनुभयो । श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास भएको उहाँकाे भनाइ थियाे ।

श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने उहाँले बताउनुभयो । वैदेशिक रोजगारमा देखापरेका चुनौतिहरु नियन्त्रण गर्नुपर्ने बेला भएको उहाँकाे भनाइ छ ।

श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशिलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरू सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरूलाई जनताको घर दैलोमा पुर्‍याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरूलाई सबै नेपालीको पहुँचमा पुर्‍याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको उहाँले जानकारी दिए।

प्रधानमन्त्री ओलीले सीपमुलक तालिम, संस्कृतिको विकास र विस्तारमार्फत् दिगो रोजगारीको प्रवन्ध सम्भव हुने बताउनुभयो । सरकारले आगमी दशकलाई आन्तरिक रोजगारीको दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेको उहाँकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरू प्राप्त गर्न सकिने बताए। 

सरकार श्रम बजार, सूचना प्रणाली निर्माणको कार्यमा अगाडि बढेको छ। 'उनले भने' 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार