समन्वय र सीमा सुरक्षामा जोडस् नेपाल–भारत जिल्ला स्तरीय बैठक सम्पन्न - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

समन्वय र सीमा सुरक्षामा जोडस् नेपाल–भारत जिल्ला स्तरीय बैठक सम्पन्न

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१५
  • सुन्नुहोस् 
 
समन्वय र सीमा सुरक्षामा जोडस् नेपाल–भारत जिल्ला स्तरीय बैठक सम्पन्न

धनगढी ।  भारतको लखिमपुर जिल्लाको पलियामा आइतबार सम्पन्न नेपाल–भारत जिल्ला स्तरीय समन्वय बैठकमा दुवै देशका सुरक्षा र प्रशासनिक अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र आपसी सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।३९ औं बटालियन, सशस्त्र सीमा बल, पलियाको अडिटोरियममा आयोजित बैठकमा लखिमपुर खिरीकी जिल्ला अधिकारी दुर्गा शक्ति नागपालको अध्यक्षतामा नेपाल र भारतका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।बैठकमा दुवै देशका प्रतिनिधिहरूले सीमा स्तम्भहरूको अवस्थाको समीक्षा गर्दै क्षतिग्रस्त स्थानहरूको मर्मतलाई तीव्रता दिने निर्णय गरे। साथै, सीमा अतिक्रमण नियन्त्रण गर्न संयुक्त सर्वेक्षण र आपसी समन्वयबाट तुरुन्त कारबाही गर्ने सहमति भएको छ।तस्करी, मानव बेचबिखन, बाल श्रम र अवैध आप्रवासन नियन्त्रणका लागि संयुक्त गस्ती, विशेष अपरेशन तथा सूचनाको शीघ्र आदानप्रदान गर्ने प्रणाली विकास गर्ने सहमति समेत बैठकमा भएको हो।दुवै पक्षले सीमा क्षेत्रमा हुने कुनै पनि घटनाको तात्कालिक जानकारी आदानप्रदान गर्न संयुक्त सञ्चार प्रणाली निर्माण गर्ने विषयमा पनि समझदारी जनाएका छन्।बैठकमा सहभागी अधिकारीहरूले भविष्यमा यस्ता समन्वय बैठकहरूलाई निरन्तरता दिँदै आपसी विश्वास, सद्भाव र सहयोगलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।





तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार