धनगढी । जिल्ला सरकारी वकिलको कार्यालयबाट आज एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् ।इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएको बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाएको थियो ।
महिला दिउँसो सवा २ बजे नै हतकडीसहित भागेको भएपनि दुई बजेर ४० मिनेटमा मात्र सम्बन्धित टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेको थियो । दमाईको खोजी भइरहेको जिल्लाप्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्र बोहराले फूलवारी खबरलाई बताए । फररा दमाई माथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्