शिक्षामन्त्रीसँग भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किए - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

शिक्षामन्त्रीसँग भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किए

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१२
  • सुन्नुहोस् 
 
शिक्षामन्त्रीसँग  भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किए

काठमाडौं । नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ ।शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको थियो । तर, मन्त्रालय नपुगी टोली फर्किएको हो ।शिक्षक महासंघले मन्त्रीसँग भेट नगरी बीचबाट फर्किनुको कारण खुलाएको छ्रन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले समाजिक सञ्जालमा लेखेका छन्, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार