हामि संग जोडिनुहोस

समाचार

नेपालको नीति नै विकासको बाधक हो : सांसद पन्त

  • Logo
    रमेश ऐडी
  • Logo
    २०८०-५-९
  • सुन्नुहोस् 
918  
Banner

धनगढी । कैलाली क्षेत्र न.५ का प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तले नेपालको नीति नै विकासको बाधक भएको बताएका छन् । धनगढी १८ मा सुदुरपश्चिम लोक साँस्कृतिक समाज फुलवारीले आयोजना गरेको गौरा पर्व बिशेष कार्यक्रममा बोल्दै सांसद पन्तले सो कुरा बताएका हुन् । 

उनले भने, कुनै पनि नेताले मेरो क्षेत्रको विकास नहोस् भनेर चाहेको हुदैन । हरेक जनप्रतिनिधिले जनताले मलाई भोट दिएका हुन्, मेरो दायित्व विकास गर्ने हो मैले काम गर्नुपर्छ भन्ने सोचेको हुन्छ तर सरकारको नीति नै खराब छ  । 

सरकारको खराब नीतिका कारण यौटा निकायले काम गर्ने अर्कोले भत्काउने गर्दा विकास पछाडि परेको उनको भनाई छ । उनले भने, एउटा निकायले सडक पिच गर्छ अर्कोले खानेपानीको पाइप बिस्तार गर्न भत्काउँछ  ।  केही समय पछि अर्को निकायले ढल निर्माण गर्न फेरी सडक भत्काउँछ ।  ती सबै कामहरु एकै प्याकेजमा किन हुदैन रु किनभने यहाँ कमिसनको खेल हुन्छ त्यसकारण हुदैन अथवा सरकारको नीति नै खराब छ त्यसकारण हुदैन ।

धनगढी १८ का अध्यक्ष भुवन रिजालले मोहना नदिमा गठबन्धन माग गरेको प्रशंगमा सांसद पन्तले भने ,धनगढी १९,१४ र १८  मा मोहना, खुटिया र घुर हा नदिको उच्च जोखिममा रहेका सबै ठाउँमा तटबन्धनका लागि ठेक्का भैसकेको छ  । तर ठेक्का सम्झौता भएको ५/१० बर्ष भैसक्यो काम सुरु नै भएको छैन । ठेकेदारले ठेक्का लिएर बस्छ । विभिन्न बाहना बनाउँदै म्याद थप गर्दै आयोजना अलपत्र पार्छ । ठेकेदारले जति पटक म्याद थप माग्छ त्यति नै पटक सरकारले म्याद थपिदिन्छ । किनभने सरकारको नीति नै ठिक छैन । 

सांसद पन्तले अहिलेको सरकारले असोजको महिना भित्र टेण्डर आह्वान गर्ने,कात्तिकमा टेण्डर गर्ने र चैत्रसम्म जम्मै कामहरु सक्नुपर्ने नीति ल्याउने जमर्को गरेको बताउँदै नीति सहि भयो भने सहि काम हुन्छ ।तर नेपालमा हालसम्म सहि नीति नभएकाले विकासको बाधक नीति नै हो ।  




तपाइको प्रतिक्रिया दिनुहोस्