हामि संग जोडिनुहोस

समाचार

औषधि व्यवस्था विभागद्धारा धनगढीमा अनुगमन, दुई क्लिनिकमा शिल

  • Logo
    रमेश ऐडी
  • Logo
    २०८०-४-२८
  • सुन्नुहोस् 
1.27K  
Banner

धनगढी ।औषधि व्यवस्था विभागले धनगढीका फार्मेसी,मेडिकल र क्लिनिकमा अनुगमन गरेको छ । धनगढीका आठ वटा स्वास्थ्य संस्थामा गरिएको अनुगमनका क्रममा दुई क्लिनिकलाई शिल र दुई मेडिकललाई निलम्बन गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका फार्मेसी निरिक्षक दिपेन्द्र कुमार शाहले जानकारी दिए । 

हिजो शुक्रबार दुई मेडिकल र एक क्लिनिकमा अनुगमन गरिएको थियो । औषधि व्यवस्था विभागमा दर्ता नगरी औषधि पसल संचालन गरेको पाइएकाले धनगढी ३ मा रहेको अर्जुन कुंवरको अर्जुन क्लिनिकलाई शिल गरिएको निरिक्षक शाहले बताए  ।

त्यस्तै औषधि व्यवस्था विभागमा दर्ता भएको प्रमाणपत्र देखाउन नसकेकाले धनगढी १४ मा प्रकाश मल्लद्धारा संचालित प्रतिभा क्लिनिकलाई पनि शिल गरिएको छ । 

अनुगमनका क्रममा दर्ता नभएको औषधी राखेकाले धनगढी ४ मा चन्द्र बहादुर बिष्टले संचालन गरेको आदर्श मेडिकल हललाई १४ दिनको लागि निलम्बन गरिएको छ । 

त्यस्तै दर्ता बिनाको औषधि संचित गरेकाले धनगढी ७ मा चन्द बहादुर बोहराले संचालन गरेको स्वप्नील मेडिकल हललाई ७ दिनको लागि निलम्बन गरिएको शाहले जानकारी दिए

औषधि व्यवस्था विभागले धनगढीका विभिन्न मेडिकलमा गरेको गोप्य अनुगमनका क्रममा मापदण्ड विपरित संचालन भएका मेडिकललाई शिल, निलम्बन र सोधपुछ गरी आवश्यक कारवाही गरिएको निरिक्षक शाहले जानकारी दिए । 


तपाइको प्रतिक्रिया दिनुहोस्