आमाको माया छात्रावासमा भव्य खिर खाने कार्यक्रम - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

आमाको माया छात्रावासमा भव्य खिर खाने कार्यक्रम

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१५
  • सुन्नुहोस् 
393   
आमाको माया छात्रावासमा  भव्य खिर खाने कार्यक्रम

धनगढी । धनगढी ५ तारानगरमा रहेको आमाको माया छात्रावासमा खिर खाने दिन साउन १५ लाई बिशेष रुपमा मनाइएको‌ छ। आमाको माया छात्रावासको आयोजना र अमेरिकामा बस्ने अजल ढकालको सहयोगमा खिर खाने दिनलाई विशेष रुपमा मनाएको आमाको माया छात्रावासका प्रमुख सुवास तामाङले बताए।

खिर खाने कार्यक्रममा छात्रावासमा बस्ने छात्रहरू ले भजन कीर्तन गरेर खिर खान आएका सम्पुर्ण शुभ चिन्तक ,कार्यसमिति, सहयोगीदाताहरुलाई मनोरञ्जन समेत गराएको छात्रावासका प्रमुख तामाङले बताए।

आमाको माया छात्रावासमा अहिले २५ जनाको संख्यामा छात्रहरू बस्दै आएका छन्। आमाको माया छात्रावासले बेला बेला सामुदायमा प्रेरणा दिने कार्यक्रमहरु गर्दै आएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार