अमेरिकामा आगलागीमा परी ६३ जनाको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

प्रवास

अमेरिकामा आगलागीमा परी ६३ जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२८
  • सुन्नुहोस् 
1.19K   
अमेरिकामा आगलागीमा परी ६३ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको हवाई द्वीपको माउई काउन्टीको जंगलमा लागेको आगोबाट अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ।

सयौं नागरिक बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यो राज्यको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो प्राकृतिक विपद्‌का रूपमा लिइएको छ।

आगोले भयङ्कर रूप लिएको छ। यसैबीच स्थानीयलाई आगोबाट भएको क्षतिको आकलन गर्न शुक्रबार केही समयका लागि घर फर्किन अनुमति दिइएको थियो।

ऐतिहासिक सहरको अधिकांश भाग नष्ट भएको छ। सहरमा राति १० बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको छ। केही क्षेत्रमा भने उद्धारकर्मीलाई जान भने प्रशासनले अनुमति दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार