पत्रकार महासंघको चुनाव स्थगित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

पत्रकार महासंघको चुनाव स्थगित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-२६
  • सुन्नुहोस् 
765   
पत्रकार महासंघको चुनाव स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यही शनिबारका लागि तोकेको निर्वाचनमा मतदान नहुने अध्यक्ष विपुल पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष पोखरेलले बताए ।


निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि पनि पोखरेलले आग्रह गरेका छन् ।मतदाता नामावलीका विषयमा विवाद भएपछि विभिन्न पत्रकार संघ संस्थाले महासंघमा तालाबन्दी पनि गरेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार