समाचार
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा साेडारी नियुक्त

धनगढी।सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।
एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री सोडारीले आजै शपथ लिने बताईएकाे छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्