मनोरञ्जन
भारतीय रियालिटी शो ‘इण्डियन आइडल’बाट बाहिरिन नेपालकी मेनुका

काठमाडौँ । नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएकी हुन् ।
मेनुकाले हिजो सामाजिक सञ्जालमार्फत् आफू इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिँदै आउँदो दिनमा सङ्गीतलाई निरन्तरता दिने बताएकी छिन् ।उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुकाले भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्