कैलालीमा कटुवा पेस्तोल सहित एक युवक पक्राउ

लक्ष्मी बम।
धनगढी ६ असार ÷
प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका, २ बनखेतमा चेकजाचको क्रममा सोही ठाउँका २५ वर्षका तोय नाथलाई पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार नाथलाई मगलवार राती पक्राउ गरिएको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भईरहेको घिमिरेले बताए ।