कैलाली उद्योग वाणिज्य संघमा कुँवर प्यानल सहित फेरि विजयी

धनगढी / शुक्रबार भएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनबाट पुष्पराज कुँवर प्यानल सहित अध्यक्ष पदमा फेरि विजयी भएका छन् । उनले ६७८ मत पाएका छन् ।
उनका प्रतिद्धन्द्धी सुरेन्द्र राठीले ३५५ मत पाएका छन् । संघको चुनावमा एक हजार ९५ मत मात्र खसेको थियो।
यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ६१२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले ४१९ मत ल्याएका छन्।
उद्योग उपाध्यक्षमा दिनेश लम्साल ६२१, उनका प्रतिस्पर्धी घनश्याम चौधरीले ३६३, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवालले ५१६, प्रकाशचन्द्र भट्टले ४५८, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्तले ५४६, केशवदत्त पाण्डेयले ४०४ मत पाएका छन् ।
महासचिवमा भने कडा प्रतिस्पर्धाबाट बहालवाला महासचिव ओमबहादुर विष्ट विजयी भएका छन् । उनले ५१४ र उनका प्रतिद्धन्द्धी सिद्धराज पनेरुले ४८१ मत पाएका छन् । पनेरु गोपाल हमालको स्वतन्त्र समूहबाट धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडाअध्यक्षमा समेत उम्मेदवार बनेका थिए । तर उनी वडामा पनि पराजीत भएका थिए ।
कोषाध्यक्षमा भीमराज ओझा अब्बुले ६८०, रंजनकुमार शर्माले ३०३, र सचिवमा सुरेश पाण्डेयले ३९९, महेन्द्रकुमार सिंहले ३४९ र जयराज न्यौपानेले २१२ मत पाएका छन् ।
सदस्यहरुमा अम्बिका भण्डारी, कविन्द्र पन्त, कृष्णाकुमारी बिष्ट, कोपिला कुँवर, तिलकबहादुर बोहरा, प्रकाश चन्द, बाशुदेव भट्ट, मिलन कुँवर, रवि कुँवर, राधिकाकुमारी चौधरी, रिता जोशी, रुपेश खड्का, लोकराज भट्ट, शम्भु लामिछाने, श्यामराज जोशी, सुरेन्द्रबहादुर कडायत र सुरेन्द्रकुमार बोहरा निर्वाचित भएका छन्। शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।