प्रेस युनियनका अध्यक्ष सिग्देललाई प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौं,२७जेठ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को कार्यकारी सदस्यमा निर्वाचित भएकोमा बधाईदिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले उनलाई बधाई तथा शुभकामना दिएका हुन ।
भेटमा प्रधानमन्त्री देउवाले नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको काम सराहनीय भएको उल्लेख गर्दै युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु अझ खुशीको कुरा भएको बताए ।
अध्यक्ष सिग्देलले आइएफजेमा निर्वाचित भएपछि आफू थप जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने बताउँदै नेपाली श्रमजीवी पत्रकारको हकहितका सन्दर्भमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।
युनियनका अध्यक्ष सिग्देल ओमानको राजधानी मस्कटमा हालै सम्पन आइएफजेको विश्व कंग्रेसबाट एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाबाट कार्यकारी सदस्यमा निर्वाचित भएका हुन ।