सत्तारुढ गठबन्धनको महानगर र उपमहानगरमा भयो भागबण्डा

काठमाडौं, ७ बैशाख/सत्तारुढ पाँचदलीय गठबन्धनले आशन्न स्थानीय निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएको छ ।
आज दिउँसोदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले भागबण्डा टुंगो लगाएको हो । सहमतिअनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ । कांग्रेसको भागमा भरतपुर, ललितपुर र विराटनगर महानगरपालिका परेका छन । उपमहानगरपालिकातर्फ धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर कांग्रेसले पाएको छ ।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।
नेकपा एसले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका पाएको छ भने जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ ।