अछाममा सेनाको गाडी दुर्घटना

अछाम, ७ बैशाख/अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिकाको जमालगाउँमा सेनाको गाडी दुर्घटना भएको हो ।
डोटीबाट कालिकोटतर्फ गइरहेको ३० जना बढी सेना बोकेको गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएको बताइएको छ ।
गाडी आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट जान लागेको बताइएको छ । घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।