सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, ५ बैशाख/सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरू बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बिहान ९ बजे बस्ने गरी बोलाइएको छ ।
बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबन्डाका विषयमा छलफल हुनेछ । सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ ।
आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबन्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो । तर, दलहरू आ(आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बनेको थियो ।