पल शाह बलात्कार प्रकरण : आरोप लगाएकी नाबालिगले फेरिन बयान

तनहुँ, ४ बैशाख/कलाकार पल शाहले आफूमाथि पटकपटक बलात्कार गरेको आरोप लगाएकी नाबालिगले अदालतमा बयान फेरेकी छिन । अदालतले बयान लिने क्रममा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी हुन ।
आइतबार जिल्ला अदालत तनहुँमा पीडितले बयान दिएकी थिइन । आफूले दबाबमा जाहेरी दिएको र प्रहरीले आफैँले बयान लेखेकोसमेत उनको दाबी रहेको अदालत स्रोतले जानकारी दिएको छ । पलले आफूमाथि बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेको तर आफ्नो बयान भनेर अदालतमा बुझाएको पीडितको दाबी छ ।
पीडितका बुबाले तनहुँ र नवलपुर प्रहरीमा पलविरुद्ध जाहेरी दिएका थिए । दुवै जिल्लाका जिल्ला अदालतले उक्त मुद्दामा प्रारम्भिक सनुवाई गरेका छन । तनहुँ अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालतको आदेश विरुद्ध पल उच्च अदालतमा पुनरावेदनमा गएका छन ।
अदालतमा बयान फेरिपछि नाबालिग ‘होस्टाइल’ भएको हुन सक्ने आशंका गरिएको छ ।