आठ वर्षपछि चल्यो जयनगर–जनकपुर रेल

जनकपुरधाम,१९चैत। नेपालको एक मात्र जयनगर–जनकपुर रेलसेवा ८ वर्षपछि पुनः सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको दिल्लीस्थित हैदरावाद हाउसबाट शनिबार संयुक्तरुपमा हरियो झण्डा देखाएसँगै जयनगर–कुर्था रेल सेवा फेरि सुरु भएको हो ।
दुई प्रधानमन्त्रीले संयुक्तरुपमा हरियो झण्डा देखाएपछि भारतको जयनगरबाट नेपालको जनकपुरधामस्थित कुर्थासम्म रेल गुडेको थियो । नेपाली रेललाई स्वागत गर्नका लागि प्रत्येक स्टेशनमा नेपाली विद्यार्थीहरु नेपाल र भारतको झण्डा बोकेर उभिएका थिए । ती विद्यार्थीहरुलाई रेलमा सवार गराएर जनकपुरधामसम्म ल्याइएको थियो ।
विक्रम सम्वत् १९९४ सालमा विवाह पञ्चमीका दिन भारतमा शासन गरिरहेका तत्कालीन बिट्रिस ९इष्ट ईण्डिया० कम्पनीले महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा आएको थियो । तर, २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो । जनकपुर–जयनगरका लागि दैनिक ३ सेवा सञ्चालन हुने गरेका थिए । सुरुमा इन्धनकोरुपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल विक्रम सम्वत् २०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो ।
अन्ततः त्यो रेल सेवा २०७१ साल माघ महिनादेखि बन्द भएको थियो । त्यसपछि नियमितरुपमा शनिवार देखि विधिवत सुरु भएको हो ।