डोटी,१३ जेठ । बडिकेदार गाउँपालिका डोटीका अध्यक्ष कृष्ण वहादुर चन्दलाइ पत्नी शोक परेको छ। गाउँपालिकाकै तिखेढुङ्गा स्थित आफ्नै घरमा उहाको निधन भएको हो। राती एकासी स्वास्थमा समस्या भए पछि नजिकै रहेको अतरकाडा बजारबाट डाक्टर बोलाएर उपचार गर्दै गर्दा आज बिहान मृत्यु भएको परिवारले बताएको छ।