-झलक दवाडी
धनगढी, ९ असोज। कोरोन भाईरसको जोखिमका कारण बिभिन्न स्थानमा उच्च सर्तकता अपनाईरुहेको छ, तर कैलालीमा भने नियमनकारी निकाय जिल्ला प्रशासन कार्यलय कैलालीमा भने लापर्वाही देखिएको छ । लापर्वहीका कारण जिल्ला प्रशासन कार्यलय कैलालीमा कोरोना भाईरसको जोखिम बढेको सेवाग्रहीले गुनासो गरेका छन् । सेवाग्रहीहरुको ब्यापक भिडभाँड र सामाजिक सुरुक्षा नअपनाउदा कोरोना जोखिम बढेको सेवाग्रहीको गाुनासो छ ।
सवाग्रहीले उभिएर सेवालिन सकिने गरि सामाजिक दुरी कायम गर्न रेखाङ्क गरिएको छ तर यसको पालना कसैले पनि गरेको देखिएन् । सेवा लिने स्थान नजिकै पानीको टंकी राखीएको छ, तर पानी र साबुनको ब्यबस्था गरिएको छैन् । यसरी सरकारले कार्यन्वयन गर्न अघि सारीएका नियमको सामान्य पालना गर्ने कायर्मा नियमनकारी निकाय नै गैर जिम्वेबार देखिएको सेवा ग्राहीले गुनासको गरेका छन् ।
जसका कारण कोरोना भाईरस संक्रमण फैलिने खतरा बढेको जिल्ला प्रशासन कार्यलय कैलालीमा सेवा लिन पुगेका धनगढीका स्थानिय तेजराज पनेरुले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यलय कैलालीले अनाबश्यक भिडभाड नगर्न आग्रह गरेको छ भने जिल्ला प्रशासन कार्यलयले दिने सेवा सुबिधा पनि भिडभाड नहोस् भनी कैलालीका स्थानिय तह अनुसार आलोपालो प्रणाली लागु गरेको छ । तर नियमनकारी निकायमा नै यस्तो अस्तब्यस्त भिडभाडका कारण कोरोना संक्रमणको खतरा बढेको सेवाग्रहीहरुको गुनासो छ । बिहान १० बजे देखि नै आफु नागरिकता बनाउन आएको तर प्रशासनमा नै यस्तो भिडभाडका कारण आफुलाई नगारिकता बनाउने लाईनमा बस्न नै कोरोना संक्रमणको डर लागेको बताउदै प्रशासनले ब्यबस्थापनमा लपरवाही गरेको स्थानिय सेवाग्रही सवाग्रहीको गुनासो छ ।
सरकारले कोरोना भईरसवाट बाच्न सुरक्षा सतर्कता अपनाउन निर्देशन जारी गरेको छ तर कैलाली जिल्ला प्रशासनको यस्तो भिडभाडले सरकारी नियमको धज्जी उडाएको छ । यता जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत शिवराज जोशीले भने व्यवस्थापनका कार्यहरु अघि बढाइएको बताए ।