धनगढी,११भदौ।सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। पहिलो पटक साउन १ गते एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएकोमा अहिलेसम्म संक्रमित कर्मचारी र स्वास्थ्यकर्मीको संख्या १२ पुगेको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले संक्रमित मध्ये तीन जना सफाई कर्मचारी र बाँकी स्वास्थ्यकर्मी रहेको जानकारी दिए।
‘संक्रमण पुष्टि भएका दुई जनाले कोरोना जितेका छन्,’ उनले भने, ‘बाँकी १० जनाको उपचार भईरहेको छ।’ संक्रमित १२ जनामा ११ जना महिला हुन् भने एक जना पुरुष हुन्।