धनगढी, २ भाद्र। कैलालीमा भिडभाड हुने गरि सामुहिक रुपमा गौरा तथा तिज मनाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना महामारी झन झन बढिरहेको अबस्थामा सामुहिक रुपमा गौरा तथा तिज मनाउन रोक लगाइएको हो ।
बैठकले सम्पूर्ण कैलालीबासीलाई जनस्वास्थ्यका मापदण्ड पुरा गरी घरभित्रै बसेर चाड पर्व मनाउन आग्रह गरेको छ । निर्णय उल्लंघन गरिएको पाइएमा संक्रमण रोग ऐन २०२० अनुसार कडा कारबाही गर्ने कैलाली प्रशासनले जनाएको छ ।
यस्तै सरकारका निर्णय अनुसार होटल तथा रेष्टुरेण्टबाट तयार गरिएका खाद्य परिकार लैजाने (टेकअवे) सेवा सञ्चालन भएको नभएको समेत अनुगमन गरिने निर्णय गरिएको छ ।
यसैगरि भारतबाट आउने नेपालीहरुलाई १० दिनसम्म कैलालीमा होल्डिङ सेन्टरमा राख्ने र त्यसका लागि स्थान छनौट गर्न जिल्ला स्तरीय अनुगमन समितिलाई ५ दिनको समय अवधी दिएको छ ।