धनगढी २ फल्गुन । कैलालीमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ६ बनभेडा स्थित पूर्वपश्चिम राजमार्गमा टिप्परले ठक्कर दिदा मोटरसाईकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर ४ रामशिखरझाला बस्ने २८ बर्षीय भुवन चन्दको मृत्यु भएको हो।
दाङ गडुवा गाउँपालिका वडा नम्वर ७ बस्ने ३० बर्षीय बिष्णु चौधरीले चलाएको ना १ क ८८०३ नम्बरको टिप्पर र बिपरित दिशाबाट आईरहेको से ७ प ३९०७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
गम्भिर घाईते भएका चन्दलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याईएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।