धनगढी, १ फागुन
धनगढी उप–महानगरपालिकाले यहाँका आधादर्जन भन्दा बढी सरकारी विद्यालयहरुमा प्राविधीक तथा ब्यावसायीक शिक्षाको पठनपाठन सुरु गरेको छ ।
प्राविधीक शिक्षाबाट मात्रै गरिखान सक्ने जनशक्ति तयार पार्न सकिने भन्दै धनगढी उप–महानगरपालिका यस तर्फ आकर्षित उप–महानगरपालिकाले जनाएको छ । बिहीबार धनगढी उप–महानगरपालिका १५ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयको ४७ औं बार्षिकोउत्सव कार्याक्रममा बोल्द नगरप्रमुख वडले प्राविधीक ब्यावसायीक शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
नगरलाई प्राविधिक शिक्षाको हब बनाउन लागिरहेका छौं नगरप्रमुख वडले भने, अहिले नगरपालिकाले आफनै प्राविधिक शिक्षालय सञ्चालन गरेको छ भने सात वटा विद्यालयमा प्राविधिक धारतर्फका कार्यक्रम सञ्चालन छन् । उप–महानगरपालिकाले धनगढीको पञ्चोदय मावि फुलवारी, राष्ट्रिय तुलसीराम मावि उत्तरबेहडी, पञ्चेदय मावि धनगढी, सरस्वती मावि मनहेरा, सारदा मावि बैयाबेहडी, धनगढी नमुना प्राविधिक विद्यालय , बेहडाबाबा माविमा गरि सात वटा विद्यालयमा बिभिन्न बिषयमा प्राविधीक विषयको पठनपाठन हसने गरेको छ ।
त्यसैगरी धनगढी उप–महानगरपालिकाले आफ्नै प्राविधिक शिक्षालय संचालनमा ल्याएको छ । आगामी वर्ष थप अन्य विद्यालयमा पनि प्राविधिक कक्ष सञ्चालन गर्न पहल गरिने छ नगरप्रमुख वडले भने, यहाँको माग र आवश्यकताका आधारमा प्राविधिक शिक्षा विस्तार गरिने छ । ‘वडा नम्बर १४ देखि १९ वडा कृषिमा बढी आत्मनिर्भर भएकाले यी क्षेत्रलाई लक्षित बाली विज्ञान तथा पशुपालन कक्षाको पठन पाठन गरिनुपर्छ भनेर जोड दिइरहेका छौं’ उनले भने–यस्तै शहरीकरण भएका क्षेत्रमा सिभिल इन्जिनियर, कृषि, अटोमोबाइल्स, होटल म्यानेजमेन्ट जस्ता शिक्षा विस्तार गरिरहेका छौं ।