रुडुकद्धारा धनगढी प्रतिवद्धतापत्र जारी

धनगढी । समुदायका महिलाहरुको पहुँच अभिवृद्धिका लागि आर्थिक सशक्तिकरण मूलक कार्य अघि बढाउने सुदूरपश्चिम प्रदेश सरकारले प्रतिवद्धता व्यक्त गरेको छ ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)को आयोजना तथा प्रदेश सरकारसंगको समन्वयमा सञ्चालित महिला आर्थिक सशक्तिकरणसम्बन्धी अन्र्तक्रिया कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महिला सशक्तिकरण सम्बन्धी कार्यविधि परीमार्जन गरि दीर्घकालिन कार्यविधि बनाई कार्यान्वयनमा लग्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
शनिबार भएको कार्यक्रमबाट दुई बुँदे धनगढी प्रतिवद्धता २०८० जारी गरेको हो । सो प्रतिवद्धतामा रुडुकको समन्वयमा स्थानीय र प्रदेश सरकारसंग गरिएको धनगढी घोषणापत्र अनुसार समुदायका महिलाहरुको पहुँच अभिवृद्धिका लागि आर्थिक सशक्तिकरण मूलक कार्यअघि अगाडि बढाउने, प्रदेश तथा स्थानीय सरकारहरुका साथै प्रदेशमा कार्यरत सम्पूर्ण सरोकारवाला निकायहरुसंगको समन्वयमा सम्बन्धित क्षेत्रमा होलिस्टिक योजना बनाई कार्यान्वयन गर्ने गराउने उल्लेख छ ।
प्रतिवद्धतापत्रमा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डाक्टर आरजु राणा देउवा, प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल, रुडुक अध्यक्ष सजनी आमात्य, निर्देशक डाक्टर कृष्णकुमार श्रेष्ठ लगायतका अन्य सहभागिहरुले हस्ताक्षर रहेका छन् ।