जेहेन्दार विद्यार्थीहरुलाई छाता वितरण

गगन अयडी/धनगढी २४ असार/समाज विकासका लागि कानुन र सञ्चार एकै साथ नामक संस्थाले जेहेन्दार विद्यार्थीहरुलाई छाता वितरण गरेको छ । धनगढी उपमहानगरपालिका–१ मा रहेको पार्वती प्राथमिक विद्यालयलाई राहत स्वरुप कक्षा २ देखि ४ सम्म अध्ययन गरीरहेका ४५ विद्यार्थीहरुलाई आइतबार छाता वितरण गरेको हो । संस्थाले जेहेन्दार विद्यार्थीहरुलाई बर्खा सिजनलाई मध्यनजर गदैँ वितरण गरेको संस्थाका धनगढी संयोजक उशा किरणले जानकारी दिइन् ।
यस संस्थाले ३ वर्ष देखि देशका विभिन्न प्रदेशमा रहेका गरिव, असाय, जेहेन्दार विद्यार्थीहरुलाई सामग्री वितरण गदैँ आएको छ । धनगढी शाखाले ९ जनाको कमिटिले सबैले आफ्नो तर्फबाट सहयोग गरी सकंलन गरेका रकमबाट जेहेन्दार विद्यार्थीहरुलाई छाता वितरण कार्यक्रम राखेको हो ।
‘जेहेन्दार विद्यार्थीहरु समस्यालाई मध्ये नजर गदैँ धनगढीमा पहिलो पटक छाता वितरण गरेका छौ’, संयोजक उशा ले भनिन्, ‘अझै पनि समाजमा अपेहिलत भएर बसेका विभिन्न समुदायलाई सहयोग गर्ने छौँ ।’ छाता पाईपछि विद्यार्थिहरु खुशि भएका थिए । बर्षायाम सुरु भएको बेला छाता पाएपछि धेरै खुशी लागेको विद्यार्थी कमर केसीले बताए । छाता पाएपछि विद्यालयमा भिझेर आृउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाई थियो ।