डा.आरजुले गरिन् धनगढीमा तीन आयोजनाको उद्घाटन

धनगढी। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य संघिय सांसद डा.आरजु राणा देउवाले आज संघीय सरकार र धनगढी उपमहानगरपालिकाको आर्थिक लगानीमा निर्माण भएका तीन आयोजनाको उद्घाटन गरेकी छिन् ।
धनगढी उपमहानगरपालिका ८ मा निर्माण भएको तौलाहा ताल संरक्षण, धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय र वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिर परिसरमा निर्माण भएका विभिन्न संरचनाहरुको राणाले उद्घाटन गरेकी हुन्।
धनगढी उपमहानगरपालिका ८ मा निर्माण भएको तीनतले विद्यालयमा ३६ कोठा रहेका छन । ६ करोड ८ लाख ३० हजार २७० रुपैयाँमा निर्माण भएको उक्त विद्यालयको संघीय सरकारबाट ३ करोड ७७ लाख ९७ हजार १२६ र उपमहानगरपालिकाको २ करोड ३० लाख ३३ हजार १४४ रुपैयाँमा निर्माण सम्पन्न भएको बताईएको छ ।
त्यस्तै बेहडाबाबा मन्दिर परिसरमा निर्माण भएका ढुंगाको बेससंगै इटाको पर्खाल र ब्लक निर्माणमा ३ करोड ९४ लाख ३ हजार ८७१ रुपैयाँ लागत खर्च भएकोमा संघीय सरकारको २ करोड ५७ लाख ३३ हजार ७२२ र उपमहानगरपालिकाको १ करोड ३६ लाख ७० हजार १९५ रुपैयाँ लगानी रहेको बताईएको छ । यसैगरी धनगढी उपमहानगरपालिकाको आफ्नै लगानीमा धनगढी ८ मा रहेको तौलाहा तालको २ करोड ३४ लाख ८५ हजार ५१५ रुपैयाँमा भवन निर्माण सम्पन्न भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
उद्घाटन कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा, प्रदेश सभा सदस्य रमेश धामी, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ,निवर्तमान मेयर नृप बहादुर वड लगायतको सहभागिता रहेको थियो ।