फूलवारीमा चोरी पैठारीको लत्ताकपडा बरामद

धनगढी। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका -१८ स्थित डिपो बजार क्षेत्रबाट गएराती सशस्त्र प्रहरीले करीव २ लाख २७ हजार ९ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फूलवारीबाट बरामत गरिएको हो । सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र भण्डारीको कमाण्डमा खटिएको टोलीले सो समान बरामद गरेको हो । बरामद लत्ताकपडा कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ । भारतबाट ल्याएको अवैध लत्ताकपडा सहित अटो र चालकलाई समेत नियन्त्रणमा लिई भन्सार कार्यालयको जिम्मा लगाईएको ससस्त्र प्रहरीले जानकारी दिएको छ । अटो सहित कुल ७ लाख २७ हजार ९ सय रुपैया बराबरको सामान भन्सार कार्यालयको जिम्मा लगाईएको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फूलवारीले गतबर्षको चैत्र ३ गते भारतबाट अवैधरुपमा ल्याउंदै गरेका ७ लाख चालिस हजार रुपैंया बराबरको फिटनेसको सामान समेत नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालयको जिम्मा लगाएको थियो ।
प्रहरी निरिक्षक भण्डारीको कमाण्डमा खटिएको टोलिले गत बर्षको फागुनमा १ लाख ५० हजार बराबरको चिनी सहित मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फूलवारीको कमाण्ड भण्डारीले समालेको करिब ४ महिनामा फूलवारी क्षेत्रका सिमानाकाबाट करिव २० लाख बराबरको अबैधसामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको ससस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।