बैतडीमा युवक मृत भेटिए

धनगढी । बैतडीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।जिल्लाको पाटन नगरपालिका–६ थापला डाँडा भीरमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २७ वर्षीय पदमराज अवस्थी मृत फेला भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले अवस्थी बिहीबार दिउँसो मृत भेटिएको जानकारी दिए । उनकाअनुसार मृत्युको कारण खुलेको छैन भने अनुसन्धान जारी छ ।