माघ ११ गते विश्वासको मत लग्दै मुख्यमन्त्री राजेन्द्र रावल

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले माघ ११ गते विश्वासको मत लिने भएका छन् ।
प्रदेशका मुख्यमन्त्रीमा नियुक्त रावलले ११ गते विश्वासको मत लिने भएका हुन ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही बमोजिम मुख्यमन्त्री रावलले ११ गते मत लिने छन् ।
सुदूरपश्चिम प्रदेशमा मङ्गलवार सभामुख र उपसभामुख पनि चयन भइसकेका छन् । सभामुखमा नेकपा माओवादीका भीमबहादुर भण्डारी र उपसभामुखमा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन् ।