धनगढीमा आजबाट वाईवाई एसईई आईडल २ सुरु

धनगढी । सुदूर पप्श्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आईडल आजबाट सुरु भएको छ । आईडलको उद्घाटन कार्यक्रम हिलवर्ड ई.बो. स्कुलको संयोजनमा सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढी स्थित बुद्ध मन्दिरमा सम्पन्न भएको हो ।
सुदूरपश्चिममा विद्यालय स्तरका नृत्य तथा गायन प्रतिभा उजागर गर्ने उद्देश्यले प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लिले एसईई आइडल सिजन २ आयोजना गरेको अध्यक्ष छेडालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको अडिसनहरू २०७९ पुस देखि २०८० जेष्ठ महिना सम्म सुदूरपश्चिममा प्रदेशका ९ जिल्लाका २५ स्थानमा सञ्चालन हुने छन् ।अडिसनमा सहभागी नृत्यहरु मध्ये उत्कृष्ट २० र गायन प्रस्तुती मध्ये उत्कृष्ट १० प्रस्तुतीलाई २०८० असार २ मा धनगढीमा हुने फाईनलमा समावेश गरिने अध्यक्ष छेडालले बताए । प्रतियोगितामा एसईई सिंगिङ आइडल र एसईई डान्सिङ आइडल गरि दुई विधा मा प्रतिस्पर्धा हुनेछ ।
एसईई डान्सिङ आइडलको विजेतालाई रु ५० हजार नगद सहित ट्रफि, छात्रवृत्ति, गिफ्ट ह्याम्पर र उप विजेतालाई २५ हजार नगद सहित ट्रफि, छात्रवृत्ति, गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यसै गरी एसईई सिंगिङ आइडल विजेतालाई पुरस्कार रु २० हजार नगद सहित छात्रवृत्ति, गिफ्ट हयाम्पर र उप विजेतालाई रु १० हजार नगद सहित छात्रवृत्ति, गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितालाई चौधरी ग्रुप वाई वाई चाउचाउ , रेडिकल एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले प्रायोजन गरेका छन् ।