राप्रपाको निर्णयः स्थिरताका लागि बहुमत पुर्याउन सहयोग गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक स्थिरताको पक्षमा उभिने निर्णय गरेको छ । नयाँ सरकार निर्माणका विषयमा छलफल गर्न बसेको पदाधिकारी बैठकले पार्टी सरकारमा सहभागी हुनेरनहुने बारे ठोस निर्णय गरेन ।
पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले जोसुकैको नाम अगाडि आए पनि राजनीतिक स्थिरताका लागि सहयोग गर्ने वैठकले निर्णय लिएको बताए ।हामी देउवा, ओली वा प्रचण्ड नभनिकन राजनीतिक स्थिरताका निम्ति योगदान गर्नेछौं,’ उनले भने ।
सरकार निर्माणका लागि बहुमत पुर्याउन आफ्नो पार्टीको सहयोग चाहिएमा त्यसका निम्ति तत्पर रहने राप्रपा निर्णयको अन्तर्य हो । अहिले बालकोटमा बसेको संयुक्त बैठकले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने निर्णय लिइसकेको छ । उक्त निर्णयमा राप्रपाको पनि साथ रहने भएको छ ।