आज पनि गठबन्धनको बैठक, त्यसअघि छलफलका लागि प्रधानमन्त्रीले बोलाए कांग्रेसका शीर्ष नेतालाई

काठमाडौं । सरकार गठनका लागि सत्तारुढ गठबन्धनले छलफललाई तीव्र बनाएको छ। प्रधानमन्त्री बारे सहमति जुटाउनका लागि आज पुनः गठबन्धनको बैठक बोलाइएको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको हो। शनिबार अबेरसम्म छलफल गरे पनि प्रधानमन्त्रीबारे सहमति जुट्न सकेन।
तर त्यसअघि भने प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका शीर्ष नेतालाई बालुवाटारमा बोलाएका छन्। माओवादी केन्द्रसँग प्रधानमन्त्रीका लागि सहमति नजुटेपछि अन्तिम बैठक बस्नुअघि छलफलका लागि प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएका हुन्।