प्रदेश २ मा १०० करोड सहायता

जनकपुरधाम,२८ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा गरेका छन् । शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर परियोजना छनोट गर्ने बताए ।