प्रधानमन्त्री देउवाले भाइटीका लगाएनन्

काठमाडौं,१० कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् ।
भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थिए । प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका आफूले पनि लगाएका थिएनन् र अरुलाई पनि लगाइ दिएनन् ।