बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

बैतडी, ३ कात्तिक । बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सुपप्र ०१ ज १३९७ नम्बरको जिप बिहीबार बिहान ११ बजेतिर लेट्ठेकोट भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
जिप सडकबाट ८० मिटर तल खसेको छ भने ५ जना घाइते भएका छन् । घाइतेहरुलाई गोकुलेश्वर अस्पताल पुर्याउने काम भइरहेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।