नागरिक उन्मुक्ति पार्टीद्वारा समानुपातिकतर्फको बन्द सूचि पेस

धनगढी, ४ असोज। स्थानीय निर्वाचन अघि स्थापना भएको पार्टी नागरिक उन्मुक्तिले समानुपातिकतर्फको बन्द सूचि पेस गरेको छ । नागरिक उन्मुक्तिपार्टीले प्रतिनिधिसभा र सात वटै प्रदेशमा समानुपातिकतर्फको बन्द सूचि पेस गरेको हो ।
पार्टी अध्यक्ष रञ्जिता चौधरी सहितका नेताहरू सोमबार निर्वाचन आयोगमा पुगेर बन्द सूचि पेस गरेका हुन् ।यस अघि उन्मुक्तिपार्टीले कैलालीको ४ वटा पालिकामा विजय हासिल गरेको छ । मङ्सिर ४ गतेको निर्वाचनमा पनि राष्ट्रिय दल बन्ने अठोट लिएको अध्यक्ष चौधरी बताउँछिन् । प्रत्यक्ष र समानुपातिक गरी २५ सिट जित्ने उनको दाबी छ ।