अछाम जिल्लामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ८ जना अझै बेपत्ता

धनगढी, १ असोज। अबिरल बर्षाका कारण अछाममा पहिरो परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।
ज्यान गुमाउनेमा सबै भन्दा बढी कमलबजारी नरगपालिकाका रहेका छन् । नगरको वडा नं। ६ ठाँटीखाँदमा ७ जना, वडा नं। ८ मा ५ जना गरी १२ जनाको ज्यान गएको छ ।
यस्तै तुर्माखाँद गाँउपालिकामा २ जना र ढकारी गाँउपालिकामा १ जनाको शब भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। पहिरोमा परेका ८ जनाको अवस्था अझै अज्ञात छ। उनिहरुको अवस्था पत्ता नलागेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।
बेपत्ता हुनेमा तुर्माखाँद गाँउपालिकाका ७ जना र ढकारी गाँउपालिकाका एक जना रहेका छन् । तुर्माखामा पहिरोले २ घर पुरिए भने कलबजारमा २ घर र ढकारी मा एक घर पुरिएको छ । त्यहाँका अन्य घर र बस्ती पनि जोखिममा रहेका प्रहरीले जनाएको छ । घटनाको एकिन विवरण भने अझै आईसकेको छैन् ।