कैलाली प्रशासनद्वारा अत्तरिया बजार अनुगमन

धनगढी, २७ भदौ। जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीले अत्तरिया बजारको अनुगमन गरेको छ। अनुगमनका क्रममा म्याद नाघेका विभिन्न सामानहरु जफत गरएको हो।
चन्द्रमा हार्डवेयर अत्तरियाबाट अनुगमन टोलीले २२ हजार ६२३ रुपैयाँको म्याद नाघेको पेन्ट जफत गरिएको छ। यस्तै चन्द्रमा हार्डवेयरबाट १०हजार ३७५ म्याद नाघेको पेन्ट, भुवनेश्वरी बेकरीमा सरसफाइ नगरिएको, खाद्य अनुज्ञा पत्र नवीकरण नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ।
यसैगरी मा पूर्णागिरी शुद्ध स्वीट हाउसमा ४ किलो समोसा बनाउन तयार पारिएको आलु बासी गन्हाएको भेटिएकाले फाल्न लगाइएको बताइएको छ।