सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हट्यो सरकार

काठमाडौं/सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो।
उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ। गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो र उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो।
हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सोमबार नै सर्वोच्च अदालतमा रिट पनि परेको छ। अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा दुई दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका हुन्।