एमालेबाट पुर्चौडीको मेयरमा कुँवर सर्वसम्मत उम्मेदवार

बैतडी,८बैशाख। नेकपा एमालेले पुर्चौडी नगरपालिकाको मेयरमा कर्ण बहादुर कुँवरलाई उम्मेदवार बनाएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले कुँवरलाई पुर्चौडीको मेयरमा सर्वसम्मत उम्मेदवार बनाएको हो ।
कुँवर एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत हुन् । कुँवरले लामो समयमा शिक्षा क्षेत्रमा खर्चिएका थिए । २०७४ को स्थानीय निर्वाचनमा पराजीत कुवँर एमाले भित्रका बौद्धिक नेताका रुपमा चिनिन्छन् ।