अत्तरिया चोकमा ठडियो स्वर्गीय राजा महेन्द्रको सालिक

धनगढी, ५ वैशाख । कैलालीको अत्तरिया चोकमा स्वर्गीय राजा महेन्द्रको सालिक अनावरण गरिएको छ। सालिक पुनः निर्माण समिति गोदावरी अत्तरियाले स्थानीयको पहलमा सोमबार उक्त सालिक राखेको हो।
सालिकको लोमस गिरिजी महाराज मठाधिश निरन्जनी अखाडाले अनावरण गरेका छन्। २०६२।६३ को जनआन्दोलनका क्रममा पुरानो सालिक भत्काइएको थियो।