क्रिकेट टुर्नामेन्टको नगर प्रमुख वडले गरे उद्घाटन

धनगढी, २६ फागुन/क्रिकेट तुर्नामेन्ट प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
चैत्र २ गतेसम्म सञ्चालन हुने क्रिकेट प्रतियोगिताको नगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका हुन् ।
धनगढी उपमहानगरपालिका–९, बंगरा कटानमा सुरु भएको प्रतियोगिताको जन शक्ति यूवा क्लवले आयोजना गरेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले १० हजार पाउँने आयोजकले जनाएको छ । यसरी नै दृतिय हुनेलाई पाँच हजार पुरस्कार रहेको छ ।