मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ३ जना घाइते

कञ्चनपुर, ७ फागुन/कञ्चनपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन । जिल्लाको वेदकोट नगरपालिका–३, सामादैजीस्थित खेमे नाला मैदामिल नजिक से ३ प ५२६३ नम्बरको मोटरसाइलले साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट साइकलमा सवार सामादैजीकै ७६ वर्षीय मिनबहादुर साउद, मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ का अन्दाजी २६ वर्षीय डम्मरसिंह बोहरा र पछाडि सवार ५० वर्षीय काशिसिंह साउद घाइते भएका छन । उनीहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मोटरसाइकल चालक बोहरा र साइकल यात्री साउदको अवस्था गम्भीर रहेकोे बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।