३२ थान सालको कडि बरामद

धनगढी, ३० पुस/कैलालीबाट लुकाईछिपाई राखेको सालको कडी बरामद गरेको छ । जिल्लाको कैलारी गाउँपालिका–८, लोहरपुरमा डल्लपमा लुकाईछिपाई राखिएको ३२ थान सालको कडि बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हसुलिया र सब डिभिजन वन कार्यालय उदासीपुरबाट खटिएको संयुक्त टोलीले काठ बरामद गरेको हो ।
बरामद काठ र डल्लप सवडिभिजन वन कार्यालय उदासीपुरको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।